
कुनै पीडाबिना १ मिनेटमा मान्छे मारिदिने ‘मृत्युको मेसिन’ले कानुनी स्वीकृति पायो
Posted in बिज्ञान प्रबिधि
काठमाडौं। स्विट्जरल्याण्ड सरकारले सु’सा’इ’ड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पी’डाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अ’त्याधि’क कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ ।
एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । उनलाई डा. डे’थ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा देहत्याग गरेका थिए ।
यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बिरामी भएर हिँडडुल गर्न पनि सक्दैनन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ ।