
चीनमा एकैदिन करिब ३४०० जनामा कोरोना, सांघाईमा विद्यालय बन्द
Posted in अन्तर्राष्ट्रिय समाचार
विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको संख्या ६० लाख आसपास छ । पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोडभन्दा बढी संक्रमितहरु फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
२९ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो ।