
चितवन राष्ट्रिय निकुञ्जमा निमोनियाबाट २२ दिने गैँडाको बच्चाको मृत्यु
Posted in समाचार
चितवन :
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा ९केटो०को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो ।
कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो । “एक हप्ताअघि हामीले उद्धार गरेर कोषमा ल्याउँदा नै उक्त केटो अस्वस्थ थियो”, उहाँले भन्नुभयो, “उद्धार गर्ने क्रममा बच्चा कामिरहेको थियो, केटोलाई निमोनिया भएको हामीले अनुमान गरेका थियौँ ।” मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण निधन देखिएको चिकित्सक सडौलाले जानकारी दिनुभयो ।
बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ । “