आइतबार , जेठ ८, २०७९

ओमिक्रोन संक्रमित भएकालाई ज्वरो आउँदैन, ओमिक्रो पत्ता लगाउने डाक्टरले भनिन्, ‘यस्ता छन् मुख्य लक्षण’

पुष ८, २०७८ बिहिबार 381

काठमाडौ । संसारभरी कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो स्थितिमा छ । यस्तोमा सबैभन्दा पहिला यो भेरियन्टबारे पत्ता लगाउने डा। एन्जेलिक कोएत्जीले इन्डिया टुडेसँग कुराकानी गर्दै मानिसलाई ओमिक्रोन भेरियन्टको भयावहताबारे जानकारी दिएकी छिन् ।

डा। एन्जेलिक कोएत्जीले भाइरस यत्रतत्र भएकोले बजार बन्द गरेर काम नचल्ने बताएकी छिन् । उनले ओमिक्रोनको हल्का लक्षण भएका संक्रमितलाई अस्पताल नै भर्ना गर्न नपरेपनि उपचारको आवश्यकता भने रहेको बताएकी छिन् ।

स्मरण रहोस्, ओमिक्रोन भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले यसलाई भेरियन्ट अफ कन्सर्न ९चिन्तित पार्ने खालको० बताएको थियो ।

अब लगातार बढिरहेको यसको संक्रमण रोक्नका लागि थुप्रै देशले प्रतिबन्ध लगाएका छन् । क्रिसमस र नयाँ वर्षमा ओमिक्रोनको प्रसार रोक्नका लागि थुप्रै देशले प्रतिबन्ध कडा पारेका छन् ।

यस्तोमा डाक्टर एन्जेलिक कोएत्जीले ती १० सबैभन्दा महत्वपूर्ण प्रश्नको जवाफ दिएकी छिन् जुन ओमिक्रोनको विषयमा धेरैजसोको मनमा छ ।

१। यदि परिवारमा एक व्यक्ति संक्रमित छन् भने अन्य सुरक्षित छन् ?

डा। एन्जेलिक कोएत्जीले दिएको जानकारी अनुसार ओमिक्रोनको घरभित्र फैलने दर धेरै छ । डा। कोएत्जीले भनिन्, ‘यदि सातजनाको परिवारमा एक व्यक्ति यसद्वारा पोजेटिभ छन् भने यसले अन्य व्यक्तिलाई पनि संक्रमित गर्छ भन्ने मान्नुहोस् ।’

२। के हल्का संक्रमण भएका बिरामी अस्पतालमा भर्ना हुनुपर्छ ?

डा। कोएत्जीका अनुसार हल्का लक्षण भएका बिरामीको पनि उपचार आवश्यक छ । यद्यपि, उनीहरुलाई अस्पताल भर्ना हुन आवश्यक नपर्न पनि सक्छ । उनले भनिन्, ‘भाइरस तीब्र गतिमा फैलिरहेको छ । आइसीयूमा भर्ना भएका धेरैजसो कोभिड संक्रमितले खोप लगाएका छैनन् जबकी जसले भ्याक्सिन लगाइसकेका छन्, उनीहरुमा हल्का लक्षण छन् ।

३। के ओमिक्रोन अन्यको तुलनामा केही व्यक्तिका लागि बढी खतरनाक छ ?

डा। कोएत्जीले भनिन्, ‘भाइरल संक्रमणलाई कम आँक्न सकिँदैन । यदि तपाईंको तौल बढी छ र तपाईंले खोप लगाउनुभएको छैन भने यसले तपाईंलाई तनावमा पार्न सक्छ ।’

४। ओमिक्रोनका सामान्य लक्षण के हुन् ?

उनले भनिन्, ‘ओमिक्रोनको सुरुवात मांसपेशीमा दुखाईबाट सुरु हुन्छ । यसमा सुरुवाती अवस्थामा खोकी र ज्वरोजस्ता लक्षण देखिँदैनन् । ढाडको तल्लो हिस्सामा पीडा हुनु नयाँ लक्षणमध्ये एक हो । खोकीको तुलनामा मांसपेशी दुख्नु यसको मुख्य लक्षण हो । अन्य लक्षणमा जिउ दुख्ने, थकाई लाग्ने र टाउको दुख्नु हो ।’

५। बाहिर जान कति सुरक्षित ?

यसबारे उनी भन्छिन्, ‘बजारलाई बन्द गरेर काम चल्दैन । खोपले हाम्रो रक्षा गर्छ । हामीले भाइरसबाट बचेर हिँड्न आवश्यक छ । यदि अस्पतालमा धेरै बिरामी देखिए भने हामीले कडा कदम उठाउन आवश्यक छ ।’

६। के कोभिड र निमोनिया बीच कुनै सम्बन्ध छ ?

डा। कोएत्जीले यसको जवाफ दिँदै भनेकी छिन्, ‘ओमिक्रोनले सास फेर्ने माथिल्लो प्रणालीमा हमला गर्छ । तपाईंलाई निमोनिया पनि हुनसक्छ, यद्यपि, यसका धेरैजसो संक्रमितमा हल्का लक्षण पाइएको छ ।’

७। के मैले बुस्टर डोज लगाउनुपर्छ ?

डाक्टर कोएत्जीले मानिसलाई कोभिड–१९ भ्याक्सिनको बुस्टर डोज लगाउन सल्लाह दिएकी छिन् । उनले भनिन्, ‘धेरै देशहरुले यो दिन सुरु गर्नुपर्छ ।’

८। के यसमा लकडाउनले काम गर्छ ?

डा। कोएत्जीले भनिन्, ‘पर्वका बेला यसमा वृद्धि हुने आशंका छ । लकडाउनले काम गर्दैन । भाइरस जताततै छ, आफ्नो सामान्य ज्ञानको प्रयोग गर्नुहेस्, बजार बन्द गर्दा काम लाग्दैन । हामीले भाइरससँग तर त्यसबाट जोगिएर बस्न आवश्यक छ ।’

९। प्रतिबन्धलाई कहिले बढाउनुपर्छ ?

डा। कोएत्जीका अनुसार अस्पतालमा धेरै बिरामी देखिन थाले भने हामीले पुनः कडा कदम उठाउन आवश्यक छ ।

प्रतिकृया दिनुहोस्