बिहिबार , जेठ ५, २०७९

ललितपुरको पाटनमा ढल खन्दा अंशुवर्माको पालाको शिलालेख भेटियो

पुष ८, २०७८ बिहिबार 286

विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ ।

भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो । लिपिविज्ञ श्यामसुन्दरका अनुसार अभिलेख पुरातत्त्वविद् प्रकाश दर्नालको टोलीले सो शिलालेख भेट्टाएको हो ।

जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको हो । राजवंशीका अनुसार गत २०७८ भदौ २९ गते ढल खन्ने क्रममै पूर्व मध्यकालको शिलालेख भेटिएको थियो ।

सोमबार जमिनको गर्भ भित्र सो अभिलेख भेटिएको थियो।सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ। कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बिचमा धर्मचक्र कुँदिएको छ।

अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख रहेको राजवंशीले बताउनु भयो ।

यसमा योग्रङ्गाम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांश प्रष्टसंग लेखिएको छ । यो अभि लेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको छ ।

३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो । यी दुई शिलालेखलाई दाँजेर त्यस बेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राज वंशीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्