सोमबार , अषोज १०, २०७९

कठै त्यो कालो दिन ! ५४ वर्षीय बुबाको गाडी भित्रै मृ’त्यु भएको थियो

पुष ८, २०७८ बिहिबार 594

दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ५४ वर्षीय लालबहादुर वलीको गुडिरहेको गाडीको सिटमै मृ’त्यु भएको छ ।

राप्ती राजमार्गअन्तर्गत रुकुमबाट तुलसीपुर हुँदै नेपालगञ्जका लागि छुटेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायस भित्र सिटमै बसेको अवस्थामा वली मृ’त्यु भएको हो ।

सल्यानको बागचौर नगरपालिका २ थारमारेमा आएर खाना खान गाडीरोकिएपछि मात्रै वलीको मृ’त्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका जिल्ला प्र’हरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले बताउनुभयो ।

सँ गै यात्रा गरिरहेका वलीको मृ’त्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा नपाएको प्रहरीले जनाएको छ । यस्तै,,नेपालगन्जमा ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा मोटसाइकल चालक को मृ’त्यु भएको छ ।

ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा तिलागुफा गाउँपालिका वडा ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृ’त्यु भएको बाँके प्रहरीले जनाएको छ ।

नेपालगन्जको पुष्पलाल चोक नजिकै गुल्म अगाडि ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो।

घा’इते हमाल लाई नर्सिङ्ग होम अस्पताल पुर्याए लगत्तै चि’कित्सकले मृ’त घोषणा गरेका थिए ।

प्र’हरीका अनुसार कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई बुधबार अपरान्ह ४:३० बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल ग’म्भीर घाइ’ते भएका थिए । ठ’क्कर दिने ट्रक र चालकलाई प्र’हरीले नियन्यत्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्