ओखलढुङ्गा । ओखलढुङ्गामा विद्यालय केही ढिला पुगेको भनेर विद्यलाय प्रशासनद्वारा गा’ली गर्दै गेटबाटै फर्काइएकी एक किशोरीले आ’त्मह,’त्या गरेकी छन् ।
घटना विवरणअनुसार स्थानीय बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-३ चित्रेकी विमला बोगटी गत सोमबार केही ढिलागरी विद्यालय पुगिन् । त्यस दिन १६ वर्षीया उनीसहित १२ जना विद्यार्थी विद्यालय ढिला पुगेका थिए ।
यस क्रममा गेटमा बसेका विद्यालय कर्मचारीले किन ढिला आएको भन्दै रोके । अरू सबै एक-एक वटा बहाना बनाएर विद्यालय छि’र्न सफल भए, तर विमला अक्क न बक्क भइन् । त्यस क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले पनि उनलाई थ’र्काए र गेटबाटै घर फर्काइ दिए ।
यसपछि दुः’खी बनेर फर्केकी विमलाले घर पुग्नासाथ वि’ष खाएकी हुन् । परिवारले उनलाई ह’तारहतार ओखलढुङ्गाकै सामुदायिक मिसन अस्पताल त पुर्याए, तर डाक्टरले बचाउन सकेनन् । त्यस दिन वि’ष खानुअघि विमलाले आफ्ना बुबासँग स्कुलमा ढिला पुगेको भनेर आफूलाई गा’ली गरेको र गेटबाटै घर फर्काइ दिएको भनेर पी’डा सुनाएकी थिइन् ।
स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीको व्य’वहार विद्यार्थी तथा विद्यालयका कर्मचारीप्रति पहिलेदेखि रु’खो छ । यसैबीच नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुकी महासचिव आरती लामाले बुधबार विज्ञप्ति जारी गरी दोषीलाई का’रबाही गर्न माग गरेकी छन् ।
‘२०७८ पौष ५ गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं. ३ स्थित बालाज्योति माध्यामिक विद्यालय चित्रे कक्षा ८ मा अध्ययनरत छात्रा विमला बोगटी विद्यालय जाने क्रममा केही ढि’लो भएको र विद्यालय प्रवेश गर्न खोज्दा विद्यालय प्रशासनले गेटभित्र छिर्न नदिएको र
पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय प्रशासनले विमलालाई ध’म्कीपूणर् गा’लीग’लौज गरी रे’स्टिकेट गर्नेसम्म ध’म्की दिँदै विद्यालय अध्ययन गर्न नदिएकाले उक्त ध’म्कीपूर्ण व्य’वहारको त्रा’सले पी’डित भई विमलाले वि’ष’द से’वन गरिन्’,
लामो विज्ञप्तिमा लेखेकी छन्, ‘वि’ष से’वन गरेपछि उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुङ्गा लगियो र उपचारको क्रममा विमलाको पौष ६ गते सामुदायिक मिसन अस्पताल सोब्रु ओखलढुङ्गामा नि’धन भएको छ । यस घ’टनाप्रति हाम्रो संगठनको ग’म्भीर ध्यानाकर्षण भएको छ, घटनाको अध्ययन गर्दा विमलाको ह,’त्या भएको अनुमान गर्न सकिन्छ ।
तसर्थ यो घ’टनाको अनुसन्धान र दो’षीउपर क’डाभन्दा क’डा कारबाहीको जो’डदार माग गर्दछु ।’यसैबीच घटना अनुसन्धानका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा लगेको छ ।
प्रतिकृया दिनुहोस्