बिहिबार , अषोज १३, २०७९

भर्खरै बिहे गरेर आएकी श्रीमतीले आमालाई नेकलेस चोर लगाइन्, सहन नसकेर आमा धुरुधुरु रोइन् (कथा)

पुष ६, २०७८ मंगलबार 591

एकदिन सॉझ`पख मेरी श्रिमतीले नेकलेस चोरेको दोष पटक-पटक मेरी आमालाई लगाउँदै थिई,र म उसलाई चुप लाऊ भनेर सम्झाई`रहेको थिंए। तर मेरी श्रिमती चुप रहनै मानिन र उसले झन चर्को स्वरमा सराप्न लागी।

मेरो वावाले दिएको त्यो नेकलेस यही राखेको थिंए ,तिमी र म भन्दा अरु कोही यो कोठामा आएको पनि त छैन। यो नेकलेस आमालेनै चोरेको हुनुपर्छ। जव मलाई यो कुराले सहन सकिन तव मैले उसलाई दुई झापड लगाएँ।

अहिले तिन महिना त भयो नि तिमीसंग विवाह गरेको तिमी के चिनेको छौ मेरो आमालाई? मेरो हातको झापड दह्रो थियो र उसले सहन सकिन र घर छाडेर जान लागी।

जाने क्रममा उसले मतिर हेरेर भनी:- तिमीसंग आमाको यतिधेरै विश्वास किन छ?

मैले भने:- जव म सानो थिंए ,सानैमा वुवा वितेकाले मेरी आमाले छिमेकीको घरमा गएर झाडु पोछा अनि भॉडा माझेर केही पैसा कमाउनु हुन्थ्यो, त्यसले एकछाक रोटी पाक्ने गर्थ्यो।

आमा एकथालीमा मलाई रोटी निकालेर दिन्थिईन र भन्थिईन ,मेरो खाना यो डिव्वामा छ म पछी खान्छु तिमी खाऊ। म पनि सधैं आधि रोटी खाएर भन्ने गर्थें कि आमा मेरो पेट टन्न भयो अव खान सक्दिन”।

म खेल्न गए है यही भनेर दिनहुँ निस्कन्थें र भान्सा पछाडीको झ्यालवाट हेर्थें ” आमाले राखेको डिव्वामा केही हुँदैनथ्यो मैले छोडेको जुठो रोटी खानुहुन्थ्यो र मलाई यसरीनै पालेर हुर्काउनु भो।

आज म दुई रोटी कमाउने भएको छु, तर यस्तो कसरी भुल हुन्छ मेरो आमावाट तिम्रो नेकलेस चोर्नुपर्ने , आमाले त्यो अभावमा कहिले गलत काम गर्नु भएन, आमाको त्यो लाउँ लाउँ खाँउखाँऊ भन्ने उमेरमा राम्रो गहना लाउने लालसामा त त्यस्तो गल्ती काम गर्नु भएन , आज तिमी त्यस्तो आरोप लाउँछौ?

अझै आमाले त्यो कलिलो उमेरमा पनि आफ्नो ईच्छालाई मारिन भने त्यो आमालाई तिमी नेकलेस चोरीको दोष।

कसरी चोर्न सक्छिन र यो म सोंच्न पनि सक्दिन “तिमी तिन महिनादेखी मसंग छौ ,मैले त आमाको तपस्या`लाई विगत २५ वर्षदेखी देखीरहेछु। मेरो यि कुरा आमाले पनि सुनेकी रहिछीन्।

मेरो यो कुरा सुनेर ढोका पछाडी उभिएकी आमाले रोएको आवाज सुने र म त्यतै गए आमाले मलाई रुँ`दै न्यानो अंकमाल गरिन्। – मन छोएमा शेय`र गर्न नभुल्नुहोला।

प्रतिकृया दिनुहोस्