बिहिबार , माघ १३, २०७८

चापागाउँमा टेको लगाइएको पुल भाँ’च्चि’यो, टिपर चालकको मृत्यु

पुष ६, २०७८ मंगलबार 132

ललितपुर – ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँ’च्चि’दा एक गाडी चालकको मृत्यु भएको छ। लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँ’च्चि’दा एक टिपर चालकको मृत्यु भएको हो।

पुल भाँ’च्चि’एर गाडीमा ठो’क्किँ’दा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए। टिपर नख्खुबाट टीकाभैरवतर्फ जाँदै थियो।

घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यो पनि, लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठ’क्क’र दिँदा एक छात्रको मृत्यु भएको छ।

मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ट्युसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका बेला छात्रलाई ट्रकले ठ’क्क’र दि’ए’को थियो। ठ’क्कर दि’ने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।

प्रतिकृया दिनुहोस्