बिहिबार , भाद्र २, २०७९

कैलालीमा २५ वर्षीय युवकको घटनाको अडियो बाहिरियो, को हुन् उनीहरु ? (भिडियोसहित

पुष ४, २०७८ आइतबार 581

काठमाडौं । कैलालीमा भुपेन्द्र वडुवालको घटनाको अनुसन्धान नसक्दै भएको त्यस्तै प्रकृतिको अर्को घटनाको पनि प्रहरीले क्लु फेला पारेको छ । टीकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको घटना सेलाउन नपाउँदै अर्को युवकको श’व हे’र्न न’स’किने अ’व’स्थामा सामुदायिक बनमा फेला परेको छ ।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको शव सामुदायिक बनमा फेला परेको हो । युवकलाई रुखमा हात प’छा’डी पा’रे’र बाँ’धे ‘को अ’व’स्था’मा फे’ला प’रे’को हो । उनको टा’उ’को प’नि अ’ल’ग छ । अमरावती सामुदायिक वनमा न’ग्न अ’व’स्था’मा दासको शव सामुदायिक बनमा फेला परेको हो । घटनामा सं’ल’ग्न ब्य’क्ति भने फेला परेका छैनन् ।

सो घटनामा प्रहरीले एउटा अडियो फेला पारेको छ । अडियोमा घटना गराउने ब्यक्तिले घटनाका बारेमा कुरा गरेका छन् । उनले अडियोमा आफु भारत जान लागेको र अहिले रुपैडिहा पुगेको बताएका छन् । मैले घटना गराएको हुँ भन्दै एकजनाले आफ्नो साथीसँग गरेको टेलिफोन संवाद सार्वजनिक भएको हो । जहाँ मनोज नामका एकजनाले फोन गरेका छन् । उनले आफूहरुले घटना गराएको बताएका छन् । उनले घटना पछि आफूहरु भारत बैंङलुरु जान लागेको र रुपेडिया पुगेको बताएका छन् ।

सो अडियोमा ‘बक्स’को कुरा गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार बक्स भनेको ला’गु’औ’षध भ’ने’को हुनसक्ने अनुमान गरेका छन् । दासका बुवा आमा भारतमा छन् । उनी पनि केही दिन अघि मात्र भारतवाट आएका थिए । उनी भारत जाने आउने गर्थे । उनी श्रीमती सहितको परिवार र भाउजुसंग कैलाली घरमा थिए ।

यो पनि, काठमाण्डु – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् ।

लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउछन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ ।

भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ ।

लिम्बूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृतिविनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ । पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रुपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन् ।

खस आर्यले मनाउने धान्यपूर्णिमा, नेवार समुदायले मनाउने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्नबाली भित्र्याएपछि आआफूले मानेका देवीदेवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनःदिन थालेको छ । यस अवसरमा आज काठमाण्डु उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । अन्य जिल्लामा भने पर्व मनाउने समुदायलाई बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्