शनिबार , साउन २८, २०७९

नेपाली सेना अब बिश्वकै दोस्रो स्थानमा, आयो विश्वभरबाट बधाई को ओईरो !

पुष ४, २०७८ आइतबार 965

विश्व शान्ति स्थापनाका लागि सैनिक खटाउन थालेको झन्डै ६२ वर्षपछि नेपाल धेरै सैनिक पठाउने राष्ट्रहरूको वरीयतामा दोस्रो नम्बरमा आइपुगेको छ । संयुक्त राष्ट्रसंघ (यूएन) ले सन् २००१ बाट निकाल्न थालेको वरीयतामा नेपाल दक्षिण एसियाकै बंगलादेशभन्दा पछाडि छ ।

सन् २०२१ मे ३१ मा यूएनले निकालेको वरीयताअनुसार नेपाल ५ हजार ५ सय ७१ सुरक्षा फौज खटाएर तेस्रो वरीयतामा परेको हो। फिल्डमा खटिएका सैनिकको संख्याका आधारमा यूएनले वरीयता निकाल्ने गर्छ। एक सयभन्दा बढी संयुक्त राष्ट्रसंघका सदस्य मुलुकले विश्व शान्तिका लागि विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा फौज पठाउँदै आएका छन्।

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालले राष्ट्रसंघको बडापत्रलाई अनुमोदन गरेअनुसार विश्वमा शान्ति र मानवीय क्षेत्रमा नेपाली सेनाले सधैं जिम्मेवारी पूरा गरिरहेको बताए। ‘नेपाल भरपर्दो र विश्वासिलो शान्ति सेना दिने मुलुकमा पर्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यो एक्सपोजर, अनुभव र अन्तर्राष्ट्रिय वातावरणमा काम गर्न पाउनु नेपाली सेनाका लागि राम्रो कुरा हो। यसबाट धेरै कुरा सिकिन्छ। विभिन्न देशसँग काम गरिन्छ। साथमा योगदान गरेबापत सैनिकहरूलाई व्यक्तिगत रूपमा आर्थिक लाभ पनि हुन्छ।’

शान्ति सेनामा सहभागी सैनिकले प्राप्त गरेको भत्ताको केही प्रतिशत कटाएर सेनाले १ करोड २४ लाख १ हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो। उक्त कोषमा अहिले ६० अर्ब रुपैयाँ जम्मा भइसकेको छ। नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघ को सदस्य बनेपछि नेपाली सुरक्षाकर्मी विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकका कुना–कुना पुगेर शान्ति स्थापनार्थ खटिन थालेका हुन्। नेपालले सन् १९५८ मा लेबनानमा ५ जना सैन्य पर्यवेक्षक खटाएर शान्ति स्थापनाको यात्रा थालेको थियो। त्यसपछि इजिप्टमा पहिलोपटक पुरानो गोर्खा बटालियनको टोलीलाई ‘नीलो हेलमेट’ लगाएर शान्ति सैनिकका रूपमा खटाइएको थियो।

नेपाली सेनाका अनुसार आधा शताब्दीभन्दा बढी अवधिमा ४३ वटा मिसनमा १ लाख ३५ हजार ३ सय ९९ जना सैनिक खटिइसकेका छन्। यसबीचमा सेनाले इन्जिनियर, मेडिकल टोली र स्पेसल फोर्स टोली पनि पठाएको छ। सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले काम गरेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्