शनिबार , असार ११, २०७९

कोरोनाबाट एकै दिन थप सात हजार सङ्क्रमित थपिए, २८९ जनाको मृत्यु

पुष ४, २०७८ आइतबार 371

कोरोनाबाट एकै दिन थप सात हजार सङ्क्रमित थपिए, २८९ जनाको मृत्यु

कोरोनाबाट एकै दिन थप सात हजार सङ्क्रमित थपिए, २८९ जनाको मृत्यु

नयाँ दिल्ली ३ पुस – कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ ।

यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसावले पनि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या गत मार्चपछिकै सवैभन्दा कम भएको उनीहरुको भनाई छ । उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमित मध्ये ०.२४ प्रतिशत सङ्क्रमितहरु अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन ।

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्