सोमबार , साउन २३, २०७९

रमेश र नन्दाकी छोरीले आँखा देख्लिन् कि दृष्टि बिहिन होलीन् ? (हेर्नुस् यो भिडियो)

पुष ४, २०७८ आइतबार 613

छोरी मान्छेको लागी एउटा आमा बन्नु शौभाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्रसब वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफुले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँछिन ।

नन्दाका अनुसार नौ महिना सम्म जति पिडा कष्ट हुन्छ त्यो सबै जब सन्तानको मुख हेरिन्छ त्यति बेला नै सबै भुलिने रहेछ भन्ने एउटा आमा बने पछि मात्र थाहा हुने रहेछ । भर्खर आमा बनेकी नन्दा भन्छिन जब मैले लक्ष्मीको रुपमा छोरी लाई जन्म दिए त्यो बेला मलाई संसारकै सबै भन्दा ठूलो खुसी मिलेको छ ।

आज भन्दा एक वर्ष अगाडि बिहे बन्धनमा बाँधिएका रमेश प्रसाईं र नन्दा सिंह को पहिलो सन्तान को रुप छोरिको जन्म भएको छ। डाक्टर गहाना गुरुङ के शीले नन्दाको सफल अप्रेसन गरेर छोरीलाई जन्म दिएकी हुन । नन्दा को स्वास्थ्य अवस्था एकदमै ठिक रहेकोले तीन दिन पछि अस्पतालले डिस्चार्ज दिएको थियो । आफू काठमाडौ मै भएकोले खासै डर नलागेको नन्दा बताउँछिन । गाउँ कति आमाहरूले अकालमा नै ज्यान गुमाएका हुन्छन । त्यसैले पनि केहि डर भने रहने उनको भनाई छ ।

हिन्दु संस्कार अनुसार सातौ दिनमा नन्दाको छोरिको न्वारन गरिएको थियो । न्वारनमा नाम ‘न’ बाट जुरेको भएता पनि हजुरआमाले आफुहरु दुबै जनाको नाम मिलाएर छोरिको नाम रचना राखिदिएको नन्दाले बताईन । सासुको रुपमा मैले मेरो जन्म दिने आमा पाएको जस्तो लाग्ने गरेको नन्दाको भनाई छ । सासुले आफ्नो एकदमै राम्रो सँग हेरविचार गरेको उनले बताईन । म अहिले यति को छिटै निको हुनुमा सासुको सहयोगले नै गर्दा भएको उनी बताउँछिन ।हुन त नन्दा गर्भवती हुँदै नै सामाजिक संजालमा रमेश प्रसाईको छोरा या छोरी भयो भनी विभिन्न चर्चा हुने गरेको थियो ।

के रमेश र नन्दाकी छोरीले आँखा देख्छिन त ? रमेश र नन्दा दुवै द्रिस्टिबिहिन भएतापनि के उनकी छोरीले आँखा देख्छिन त ? धेरैले जिज्ञासा् राखेको प्रश्न यहि हो । कति ब्यक्तिहरुले छोरी रचनाले आँखा देख्छिन भनेका थिए त धेरैले देख्दिनन भनेका थिए । तर के वास्तवमा छोरीले आंखा देख्छिन त ?

यसबारे करुणा अस्पतालकि डा. गहना गुरुङ केसी भन्नुहुन्छ, “नन्दाको अपरेसन मैले नै गरेको हुँ, आरेसन निकै नै सफल भएको थियो । र अहिले स्वास्थ्य अस्वथा अनि निकै राम्रो भएको छ । अनि सबैभन्दा ठुलो कुरा त छोरी रचनाले आँखा देख्ने बताएकि छिन । यतिमात्र हैन उनले अरु सामान्य मान्छे जस्तै हिँड्न सुन्न र राम्रोसँग बोल्न सक्छिन ।”

बाबुआमाले नै आँखा नदेख्ने भएतापनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताएकि छिन । डा. गहना भन्छिन, ” छोरी निकै नै स्वस्थ छिन । अबको १ महिनापछि छोरीको मानसिक अवस्थाको पनि टेस्ट पनि हुन्छ ।

प्रतिकृया दिनुहोस्