ऋण,
अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नु पर्ने हुन्छ।ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ। जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नु पर्ने हुन्छ।
ज्योतिष मनिष शर्माले कुण्डलीमा भएको ऋण दोष हटाउने निम्न उपायका बताएका छन्:कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ।मंगल कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्दछ।यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ। ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन्।ऋणबाट मुक्ति पाउने उपाय शनिबार ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने मंगलबाट पुजा, दान तथा होम गर्ने र जप गर्ने मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने रातो र सेतो बस्त्रको प्रयोग गर्ने श्रीगणेशको पुजा आराधना गर्ने बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने ।
यसैगरी हिन्दु धर्मदर्र्शनले वास्तुशास्त्रलाई विशिष्ट स्थानमा रहेको छ । वास्तु शास्त्रमा जीवन उपयोगी विषय समावेश भएका हुनाले नै यसले विशिष्ट स्थान हासिल गर्न सकेको हो । हिन्दू धर्म दर्शन अनुसार केही यस्ता काम गर्न निषेध गरिएको छ जसका कारण मानव जीवनमा हानी पु¥याउँछ । यस्ता कामलाई सही रुपमा गर्नुभयो भने तपाईको जीवनमा त्यसले सकारात्मक असर पार्ने छ ।
कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात त्यसको महत्व हुँदैन । मंगललबार या शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन । बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् । उत्तर एवम् पूर्वबाट अग्निको सामान हटाएर दक्षिण (पूर्व कोणमा राख्दा लगभग घरको सबै काम सहज रुपले सम्पन्न हुनेछ । दक्षिण पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने । दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ । विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् । हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवम् साहारा मिल्नेछ ।
दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ । दक्षिण( पूर्व कोणमा बस्दा मान÷सम्मान एवम् पदप्रतिष्ठा बढ्ने छ । दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।शनिबारको दिन पिपल वृक्षलाई चिनी÷पानी, चिनी÷चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ |
प्रतिकृया दिनुहोस्