सोमबार , अषोज १०, २०७९

माइती जान हिँडेका ज्ञानु र मनुको बीच बाटोमै मृत्यु

पुष ३, २०७८ शनिबार 156

गुल्मी : गुल्मीको मुसिकोटमा भीरबाट ल’डे’र दुई जनाको ज्या’न गएको छ । मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट ल’डेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा गुल्मी अस्पताल ज्या’न गएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

उनीहरू माइती जान हिँडेका थिए । सोही क्रममा भीरको घोडेटो बाटोबाट ल’डे’र घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुराएको पाण्डेयले बताए । घाइते दम्पतीको गुल्मी अस्पतालमा ज्या’न गएको र शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए ।

यस्तै महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकामा ग’म्भीर चो’ट ला’गेर उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा लगिएकामा १०ः३० बजे मृत्यु भएको हो । मोटरसाइकल चालक दिपेश चौधरी घटनापश्चात फ’रा’र रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्