शनिबार , साउन २८, २०७९

आइतबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

पुष २, २०७८ शुक्रबार 419

मन्त्रालयले पौष ४ गते आइतबार काठमाडौं उपत्यका लगायत विभिन्न समुदायको लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै पौष ४ गते आइतवारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्बाट पौष १ गते विदाबारे निर्णय भएको गृहमन्त्रालयका उपसचिव बसन्त भट्‍टराईले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्