बिहिबार , भाद्र २, २०७९

नेपाली नागरिकता लिएका यि ३ जनाको नागरिकता खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय

पुष २, २०७८ शुक्रबार 392

काठमाडौ । सरकारले नेपाली नागरिकताको प्रमाणपत्र लिएका तीन जनाको नागरिकता रद्द गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले नागरिकता रद्द गरी उनीहरुलाई नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन नेपालीको सो निर्णय गरेको जानकारी दिए । त्यस्तैगरी आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले कोभिड(१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको हो ।

नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणीमा विनोदकुमार भट्टराई र नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा रामप्यारी सुनुवारलाई नियुक्ती गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्