बिहिबार , भाद्र २, २०७९

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा बाँचेका पाइलट सिंहको निधन

पुष १, २०७८ बिहिबार 273

भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहितको मृत्यु हुने गरी भएको सैनिक हेलिकोप्टर दुर्घटनमा बाँचेका एकमात्र पाइलट बरुण सिंहको पनि निधन भएको छ । उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

इन्डियन एयर फोर्सले ट्वीटमार्फत् सिंहको निधन भएको जानकारी दिएको छ । उनलाई बचाउन हरसम्भव कोशिश भएको भारतका रक्षामन्त्री राजनाथ सिंहले यसअघि संसदमा जानकारी गराएका थिए ।

भारतको तालिमनाडुमा गत हप्ता भएको होलिकोप्टर दुर्घटनामा जनरल रावतसहित उनकी पत्नी, सैनिक उच्च अधिकारीलगायत १४ जनाको निधन भएको छ ।

प्रतिकृया दिनुहोस्