बिहिबार , जेठ ५, २०७९

सरकारले माग्यो १५४७ शिक्षक र २८४ शाखा अधिकृत, चैतमा परीक्षा

मंग्सिर २९, २०७८ बुधबार 195

काठमाडौं : सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक भर्ना गर्न लागिएको हो ।

१ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ । आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको छ ।
https://drive.google.com/file/d/15vHCwVY8lY2eyG02vwIeHDdcHvnJjyCs/view?usp=drivesdk

लोकसेवा आयोगले माग्यो २८४ कर्मचारी, यी पदमा दरखास्त आह्वान

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ। आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो।

२० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ।
https://drive.google.com/file/d/1mh39B8YAjlojnVfCN-mUMhEc6VXnIo5s/view?usp=drivesdk

प्रतिकृया दिनुहोस्