बिहिबार , जेठ ५, २०७९

धुमपान प्रतिब’न्ध लगाउने तयारी, १३ वर्षयता जन्मिएकाले चु’रोट किन्न नपाउने

मंग्सिर २७, २०७८ सोमबार 255

एजेन्सी । न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिब’न्ध लगाइने भएको छ। धु’मपानलाई रोक लगाउने पहल स्वरुप पहिलो चरण अन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिज’न्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएकाे हाे ।

सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा अ‍ाउने अपेक्षा गरिएको छ । ‘सरकारले युवाहरुलाई धु’मापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा आयसा भरलले भने ।

सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धु’मपानमा प्रतिब’न्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ। सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन।

‘सरकारको कदमले सूर्तिज’न्य पर्दाथ विक्रीमा कमी आउने र कम हानि कारक उत्पादन उपभोग गर्न सहयोग गर्नेछ । सरकारको पछिल्लो कदमले युवाहरुलाई कूलतबाट पनि जोगाउनेछ,’ युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने ।

न्युजिल्यान्डले धु’मपानको राष्ट्रिय दरलाई सन् २०२५ सम्ममा ५ प्रतिशतमा झार्ने र त्यसपछि विस्तारै निर्मूल गर्ने सरकारले लक्ष्य राखेको छ। अहिले न्युजिल्यान्डका १३ प्रतिशत वयस्कले धुमपान गर्छन् ।

एक दशक अघिसम्म १८ प्रतिशतले धुमपान गर्दथे । तर, आदि वासी जनजाति समुदायमा भने यो दर उच्च छ । धु’मपानकै कारण ३१ प्रतिशत जनजाति धु’मपानका कारण हुने श्वासप्रश्वास सम्बन्धी सम’स्याबाट पी’डित छन् ।

धु’मपानका कारण न्युजिल्यान्डका हरेक चारजनामध्ये एक जनामा क्या’न्सर हुने गरेको र सू’र्तिजन्य पर्दाथका कारण ५० लाख मानिसमा स्वास्थ्य सम’स्या आएको जनाइएको छ।

सरकारको नयाँयोजना अन्तर्गत सू’र्तिजन्य पदार्थ विक्री गर्ने पसलहरुलाई आठ हजार बाट ५०० मा झार्ने तयारी छ ।

प्रतिकृया दिनुहोस्