सोमबार , अषोज १०, २०७९

भोलि मंसिर २८ गते विधालय, यातायात सम्पूर्ण बन्द रहने ? सरकार बाट आयो एस्तो आदेस

मंग्सिर २७, २०७८ सोमबार 2140

चितवनका विभिन्न राजनितीक दलहरुले एमसीसीको विरोधमा मंसिर २८ गते चितवन बन्दको घो’षणा गरेका छन् । एमसीसी खारेजी अ’ भियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज पत्रकार सम्मेलन चितवन ब’ न्दको आह्वान गरेका हुन्

बन्दका दिन शैक्षिक संस्था, कलकारखना, बजार र यातायात बन्द समेत गरिने संघर्ष समितिका सचिव अजीव पौडेलले जानकारी दिनुभयो । राष्ट्रघाती एमसीसीको सरकारले पारित गर्न लागेकाले बाध्य भएर दबाब स्वरुप बन्दको आह्वान गरिएको पौडेलले बताउनुभयो ।२८ गते संसदको बैठक आब्हान गरिएको छ । सोही दिन एमसीसीको बि’ षयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गर्ने जनाएको छ

पार्टी प्यालेसमा जब बिहे भोजको मासु गन्हायो ! २६ मंसिर, काठमाडौं । मंसिर २२ गते साँझपख खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कलंकीबाट एक जनाले फोन गरेर आफूहरुले भोजमा खाएको मासु गन्हाएको गुनासो टिपाए । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार गुनासो टिपाउनेले फोनमा भनेका थिए ‘हामी बिहे भोजमा छौं, यहाँ पार्टी प्यालेसले बफेटमा राखेर खुवाइरहेको खसीको मासु अस्वाभाविक रुपमा गन्हाएको छ,’ सत्यतथ्य जाँच गर्न आइदिनुपर्‍यो ।’

उपभोक्ताको गुनासोलगत्तै खाद्य निरीक्षक बिजन श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली कलंकीको लामपाटीस्थित मायाज भेन्यू ब्यांकेट रेष्टुराँ एण्ड बारमा पुग्यो । बिहेको भोजमा बिहानैदेखि खुवाइराखेको मासु खाद्य निरीक्षक श्रेष्ठको टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा अस्वाभाविक रुपले गन्हाएको पुष्टि भयो ।

‘मासु खानाका लागि योग्य नहुने गरी गन्हाएको पाएपछि हामीले भोजमा सहभागीलाई मासु नखान आदेश दियौं,’ विभागमा खाद्य निरीक्षक श्रेष्ठले अनलाइनखबरसँग भने । मासु गन्हाउनुको कारण खोज्दा पार्टी प्यालेसले मासुको भण्डारणमा गम्भीर लापरबाही गरेको पाइएको उनले बताए ।बिग्रिएको फ्रिजमा केही दिनदेखि मासु राखिएको र त्यसलाई नै पकाउँदा अस्वाभाविक रुपमा गन्हाएको श्रेष्ठले बताए । खाद्य स्वच्छताको आधारभूत मापदण्ड पनि पार्टी प्यालेसले पालना नगर्दा बिग्रिएको मासु उपभोक्तासम्म पुगेको विभागको प्रारम्भिक अनुमान छ ।

पार्टी प्यालेसले सफा र निश्चित तापक्रममा फ्रिज राख्नुपर्नेमा त्यसो नगरेको, मासु र अन्य वस्तु फ्रिजमा अव्यवस्थित ढंगबाट भण्डारण गरेको र पाकेको र नपाकेको खाद्यान्न एकै ठाउँमा राखेको पाइएको विभागको भनाइ छ । यस्तै पार्टी प्यालेसको भान्सा पनि सफा र सुरक्षित नपाइएको विभागले जनाएको छ ।पार्टी प्यालेस सिल, गन्हाएको मासु परीक्षणमा

पार्टी प्यालेसले खाद्य स्वच्छता ऐन विपरीत कार्य गरेपछि विभागले बुधबार देखिनै पार्टी प्यालेसको सबै प्रकारको सेवालाई निलम्बन गरेको विभागकी महानिर्देशक वैद्यले जानकारी दिइन् ।उपभोक्ताको स्वस्थ्यमा गम्भीर लापरबाही भएको घटनामा थप अनुसन्धान गरिरहेको भन्दै विभागले गन्हाएको मासु प्रयोगशाला परीक्षणमा पठाएको उनले बताइन् ।खाद्य ऐनअनुसार होटल रेष्टुराँका लागि बनाइएको मापदण्ड तत्काल कार्यान्वयन गर्न पार्टी प्यालेसलाई निर्देशन दिइएको पनि उनको भनाइ छ । प्रयोगशाला परीक्षणको रिपोर्टपछि मात्रै पार्टी प्यालेसको कारोबार खोल्नेबारे निर्णय लिने विभागले जनाएको छ

प्रतिकृया दिनुहोस्