सोमबार , अषोज १०, २०७९

सिमपानी जादै गरेको जीप दुर्घटना, तीनको मृत्यु, १९ जना घाइते

मंग्सिर २७, २०७८ सोमबार 509

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिकै जीप दुर्घटना हुँँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४८ बर्षिय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका वडा नम्बर ४ का सौनी घर्ती र लालमती खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १९ जना घाईते भएका छन् ।

घाईते मध्ये छ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह चार बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङका २२ वर्र्षीया लक्ष्मी बुढा, गाउँपालिका ३ का ४५ देवा चापागाई,२७ वर्षीय भुपबहादुर थापा,२२ धर्म थापा,उहाँको छोरा पाँच वर्षीया दिपेश थापा, ४ किमिरेचौर बस्ने ३६ वर्र्षीय डम्बरबहादुर बुढाथोकी, १८ वर्र्षीया अनिता पुन १ बस्ने आरति पुन, १९ वर्र्षीया रमिता बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ । फोटो फाईल

प्रतिकृया दिनुहोस्