जेठ १५, २०७९ आइतबार 121
काठमाडौं ।
पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
१९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ।
‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उक्त जहाज उडेको थियो। मौसम त्यति राम्रो थिएन।’
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।
मौसम खराब भए पनि ताराको जहाज जानुअघि समीट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो।
प्रतिकृया दिनुहोस्