बिहिबार , अषोज १३, २०७९

ना’रकीय जीवन बिताउँदै पूर्व माओवादी ल’डाकु

फागुण ३०, २०७८ सोमबार 573

रोल्पा – आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अ’चेत आमाको पी’डा हेर्ने गर्छन। आमाको ज’लेको खुट्टा अनि अ’शक्त अवस्था देख्दा उनी भक्कानिन्छन्।

तत्कालीन माओवादी द्व,’न्द्वमा घरपरिवार त्यागेर पूर्वल’डाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अ’चेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सु’ताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन् ।

त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रो’गले थलिएकी हुन्। छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पी’डा हुन्छ तर बाल्यावस्थाका उनी नि’रीह छन्। ‘आमा सधैं भुइँमा नां,’गै सुत्नुहुन्छ।

सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औ’षधि गराउने मन छ।’ माओवादी ल’डाकुको पाँचौं डिभिजन ब्या’रेक द’हबनमा हुँदै निर्मला बि’रामी परेकी थिइन्।

पछि थलिइन्। अहिले मृ’त्युसँग ल’ड्दैछिन्। निर्मला उपचार खर्चको अभावमा मृ’त्युसँग संघर्ष गरिरहेकी छन्। ‘छा’रे रो’ग लागेको भन्थे। बढी बि’रामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दि’सापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्।

निर्मलाका दुवै खुट्टा चार वर्षअघि ज’लेका थिए । ‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आ’गोमा परेछन् । सबै जलेको । अस्पताल लैजाने पैसा थिएन । जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘ज’लेर कु’हिएको खुट्टा गनाएर घरमै बस्न नसकिने।

अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भोग्नुपरेको पी’डाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि ल’डेकी, आज म’र्नका लागि लड्दैछे।’ दिसापिसाब तर्काउन नसकेपछि अनि जलेको खुट्टा गनाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको हो।

‘सुरुमा इन्डिया लगेर उपचार गरेको, भएन। धामी, झाँ’क्री, जडीबुटी सबै गरेम्। सन्चो होला भनेको, उस्तै छ’, सासू क्वारीले भनिन्। छोराले माओवादीको सेना हुँदा बिहे गरेको क्वारीले सुनाइन्। ‘बिहे गरेको केही समयमै बुहारी बि’रामी परी। आठ वर्षको नाति छ।

बिचरोले आमाको दूध पनि खान पाएन। भैंसी र बाख्राको दूध खाएर हुर्केको हो। घर चल्न धौ भएपछि परार छोराले अर्को बिहे ग-यो। यो बुहारी दिनभर बाहिर बस्छे, राति बाख्राको कोठामा लग्छौं’, क्वारीले भनिन्। निर्मलालाई वर्तमान उपराष्ट्रपति तथा तत्कालीन माओवादी सेनाका सै’न्य क’मान्डर नन्दबहादुर पुन पासाङले ल’डाकुसम्बन्धी तालिम दिएका थिए।

निर्मलाको ब’न्दुकको बलमा विभिन्न ल’डाइँ लडेका अर्का क’मान्डर रोल्पाकै वर्षमान पुन ऊर्जामन्त्री छन्। माओवादी ल’डाकुको पाँचौं डिभिजन द’हवन रोल्पाका कार्यवाहक क’मान्डर राजबहादुर बुढाजिल्ला समन्वय समिति प्रमुख छन। तर उनीहरु कसैको नजर मृ’त्युसँग सं’घर्ष गरिरहेकी निर्मलामाथि परेको छैन।

निर्मलाको घर भएकै क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चु’नाव जिते। २०७० मा माओवादी नेत्री ओनसरी घर्तीले चुनाव जितिन् र सभामुख बनिन्। यसपाला वर्षमानले चुनाव जिते। तर उनीहरुले पनि निर्मलालाई सम्झेका छैनन्।

चुनावताका भोट माग्न आउने सबैलाई सासु क्वारीले बुहारीको अवस्था देखाएकी थिइन्। ‘भोट माग्न आउनेलाई बुहारीको अवस्था देखाएकी थिएँ। सबैले हेरे मात्र, केही बोलेनन्। उहीले सँगै ल’डेकाहरु कहाँकहाँ पुगे होलान्। हाम्रो घरमा आजसम्म कोही आएका छैनन्।

छोराबुहारीले गरिबको खुसीका लागि ल’ड्ने हो आमा भन्थे। खै को गरिबलाई राम्रो भएहोला’, क्वारीले गुनासो गरिन्। ‘उहिले जोस थियो। ठूलै परिवर्तन हुन्छ र जनताको दिन खुल्छ भनेर ब’न्दुक बोकेर लडियो। आखिरमा नेता माथि पठाउन मात्र रैछ। अहिले पछुतो भइरहेको छ।

गल्ती गरिएछ जस्तो लाग्छ’, केही समय अगाडि नेपाल आएका बेला निर्मलाका पतिले गुनासो गरेका थिए। चरम गरिबीमा बाँचिरहेको निर्मलाको परिवारसँग उनको उपचार गर्ने सामथ्र्य पनि छैन। सासूले सकेको जति स्याहार गरेकी छन्। ‘कपडा दिनकै फेर्नुपर्ने तर छैन।

यी अहिले पनि नां,’गै छे’, क्वारीले भनिन्। निर्मलाका लागि न लगाउने कपडा छ न सुत्नका लागि बिस्तारा नै। जाडो, गर्मी, वर्षा, जहिल्यै खाली भुइँमा दिनरात बित्छ। निर्मलाको भोकप्यास साधनाको आवश्यकताले भन्दा पनि घरका सदस्यको फुर्सदमा भर पर्छ।

माओवादी ल’डाकुको पाँचौं डिभिजन ब्यारेक द’हबनमा हुँदै निर्मला बि’रामी परेकी थिइन्। उनका पति पुर्वान विक अ’योग्य ल’डाकुमा परेको थिए । निर्मला भने दोस्रो प्रमाणीकरणमा पनि परेकी थिइन् । त्यही बीचमा उनलाई उपचारका लागि पतिले भारत लगे ।उतै मजदुरी गर्दै उपचार गराए तर निको भएन।

निर्मलाको उपचारमा करिब पाच सात लाख खर्च गरेको परिवारले बताएको छ। अब त उनीहरुसँग सामान्य औ’षधि किन्ने पैसा पनि छैन। निर्मलाका पति पुर्वान दोस्रो बिहे गरेर भारततिरै लागेका छन्। याे समाचार २२ जेष्ठ २०७६ मा प्रकाशित गरिएकाे हाे। नगरिक

प्रतिकृया दिनुहोस्