बिहिबार , अषोज १३, २०७९

सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

फागुण २९, २०७८ आइतबार 626

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला एक लाख दुई हजार ८ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रति तोला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्