रचना रिमाल एक नेपाली गायिका हुन्। उनी नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन्। उनी २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्।
‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…। रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । उनका गीतको संख्या बढ्यो, धमाधम सार्वजनिक हुन पनि थाले । एकपछि अर्को गीत स्रोता-दर्शकले रुचाउँदै गए ।
‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेडवालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त निक्कै चर्चित भयो । ‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् ।
त्यसो त, रचनाले सांगीतिक करिअर शुरु गरेको लामो समय पनि भएको छैन । आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । १८ वर्षको सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लोभलाग्दो छ ।
स्टेजमा पनि उत्तिकै व्यस्त छिन् रचना – कोरोना महामारीका कारण गत वर्ष मेला-महोत्सव तथा स्टेज कार्यक्रम खासै भएनन् । त्यसैले हिजोका दिनमा रचनाको व्यस्तता स्टुडियोमा केन्द्रित थियो । अहिले स्टेजतिर पनि उत्तिकै छाएकी छन् । आफ्ना गीतलाई जस्तै स्टेजमा पनि आफूले स्रोता-दर्शकबाट एकदमै माया पाउने गरेको रचना बताउँछिन् ।
स्टेज कार्यक्रममा जाँदा उनी अनेकथरी फ्यान भेट्छिन्, कोही टाढाटाढादेखि भेट्न आएको बताउँदै फोटो खिच्छन् । कोही विभिन्न उपहारहरु ल्याएर दिन्छन् । यस किसिमको माया पाउँदा एकदमै खुशी लाग्ने र आगामी दिनमा सांगीतिक क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिल्ने उनी बताउँछिन् । बर्दघाट मेलामा उनले दर्शकको एकदमै धेरै माया पाएकी थिईन । हेर्नुहोस यो भिडियो:
प्रतिकृया दिनुहोस्