बिहिबार , जेठ ५, २०७९

के अमेरिकी सेना नेपाल आउँन लागेकै हो ?

फागुण २८, २०७८ शनिबार 290

के अमेरिकी सेना नेपाल आउँन लागेकै हो ?

अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर नेपालमा विभिन्न तर्कवितर्क चलिरहेका छन्कोही भनिरहेका छन्– एमसीसीले नेपालीको भाग्य लिएर आउँदैछ, कोही औंला उठाउँदै भन्दै छन्– दुर्भाग्य !तर, अघि सारिएका कतिपय तर्कहरू यसरी बहकिएका छन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मानाै‌ एमसीसी लागू भए मुलुक सिरिया र इराकजस्तो हुन्छ, अमेरिकी सेनाले आएर नेपालमा अड्डा जमाउँछन्, लिपुलेकमा भारतीय सेनाले जस्तै नेपालमा अमेरिकी सेना क्याम्प खडा गरेर बस्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यति मात्रै होइन्, कतिपयले पाल्पाको नुवाकोट डाँडामा क्षेप्यास्त्र प्रणाली जोडेर मिसाइल हान्ने अमेरिकी योजनासमेत भनेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

एमसीसीको विरोध गरिरहेकाहरूले यसलाई अमेरिकाको सैन्य रणनीति इन्डो प्यासिफिकसँग जोडेर व्याख्या गरिरहेका छन् । यसलाई राष्ट्रियता नै धरापमा पार्ने परियोजनाका रूपमा अर्थ्याउनेहरू पनि छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कतिपयले चाहिँ एमसीसीलाई विशुद्ध आर्थिक कार्यक्रम भएको दाबी गरेका छन् । मध्यमार्गी मत राख्नेहरूले परियोजना लागू हुनुपूर्व अमेरिकासँग केही कुराको प्रतिबद्धता माग्नुपर्नेमा जोड दिएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

वास्तवमा एमसीसी के हो त ? यसका सम्बन्धमा सामाजिक सञ्जालदेखि चोक, चौतारा र चिया पसलमा भइरहेका तर्क कति सत्य हुन्, कति भ्रम हुन् ? एमसीसी परियोजना कार्यान्वयन हुँदा नेपाललाई फाइदा वा घाटा के हुन्छ ? यसका सबल र दुर्वल पक्ष के–के हुन् ?**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

के अमेरिकी सेना नेपाल आएर बस्छ ?

कतिपयले हल्ला गरिरहेका छन्– लिपुलेकमा भारतीय सेनाजस्तै अमेरिकाले अमेरिकी सेना ल्याएर राख्छ

यो सबैभन्दा हावादारी कुरा हो । सम्झौतामा कहीँ कतै अमेरिकी सेना नेपाल आएर बस्ने कुरा उल्लेख छैन । नेपालले एमसीसी नेपालको स्थापना गरिसकेको छ । यसको अर्थ हो, परियोजनाको कार्यान्वयन नेपालले नै गर्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कतिपयले एमसीसी लागू भए मुलुक इराक र सिरियाजस्तै हुने अफवाह फैलाइरहेका छन् ।
यो कुतर्क हो । इराक र सिरियामा अमेरिकाको सामरिक महत्त्व छ, उनीहरूबीच सैन्य सम्झौता छ, एमसीसी सैन्य सम्झौता होइन**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

श्रीलंका किन ब्याक भयो त ?
कतिपयले एमसीसीमा अमेरिकाको स्वार्थ रहेकाले श्रीलंकाले परियोजना बहिष्कार गरेको तर्क गरिरहेका छन् । श्रीलंकाले परियोजना बहिष्कार गरेको होइन ।
एमसीसीअन्तर्गतको विकास अनुदान तत्कालका लागि रोक्ने निर्णय मात्रै गरेको हो ।
प्रधानमन्त्री महिन्दा राजापाक्षले एमसीसीबारे विस्तृत अध्ययन गर्न विशेष समिति गठन गरेका छन् । त्यहाँ २९ अक्टोबर २०१७ मा मन्त्रिपरिषद्ले अमेरिकासँग सम्झौता गरी अनुदान लिने निर्णय गरेको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तर प्रधानमन्त्री राजापाक्षले अध्ययन समितिको सिफारिस नआउन्जेलका लागि उक्त निर्णय स्थगित गरेका छन् । र, नेपाललाई जस्तो यो अनुदान स्वीकार गर्न श्रीलंकालाई सजिलो छैन । ऊ धेरै सम्झौताले चीनसँग बाँधिएको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्