शनिबार , अषोज १५, २०७९

गाडी ख’स्दा भाग्यले बाचेका बेहुला बेहुली ३५ दिन पछि बल्ल घर फर्किए(भिडियो हेर्नुहोस)

फागुण २८, २०७८ शनिबार 567

विवाह सकेर जन्तीसहित घर फर्किँदै गर्दा दु’र्घटनामा परेर घा’इते भएका बेहुला दानबहादुर खड्का र बेहुली रिमा जिसी ३३ दिन अस्पताल बसेर घर फर्किएका छन् ।

गएको माघ २२ गते प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर– ६ लिवाङमा जन्ती बोकेको जीप दु’र्घटना हुँदा आठ जनाले ज्यान गुमाएका थिए भने बेहुला/बेहुलीसहित पाँचजना घा’इते थिए । नयाँ जीवन शुरूआत गर्दैगर्दाको अकल्पनीय घाउको खाटो बस्न थालेपछि उनीहरू बिहीवार फकिएका हुन् ।

जीवनभर कहिल्यै नमेटिने तीतो अनुभव सँगालेर अस्पतालबाट बाहिरिँदै गर्दा रिमा भा’वविह्वल बनिन् । कुरा गर्न खोज्दा उनको आवाज बन्द भयो । एकछिन रोकिएपछि उनले भनिन्, ‘यस्तो अकल्पनीय घटना भयो । मेरो एउटा हात गुमेको छ । श्रीमान लाई त्यति ठूलो चो’ट छैन ।

तीतो अनुभवलाई भुलेर बाँकी जीवन जिउनुको विकल्प हामीसँग रहेन ।’रिमालाई अहिले गाडी चढ्दा निकै डर लाग्न थालेको छ ।नयाँ संसारमा रमाउनुपर्ने दिन घटेको दुःखद् घटनाले महिना दिनसम्म उनलाई अस्पतालमा बसायो ।अब चैत ३ गतेमात्र उनी कर्मघर पुग्नेछिन् ।भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्