आइतबार , जेठ ८, २०७९

ड्राइभर बिरामी परेपछि गाडी साहु आफैंले हाँकेका थिए संखुवासभामा दु`र्घट`ना भएको बस

फागुण २७, २०७८ शुक्रबार 561

संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो । झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सात`घुम्ती पुगेको थियो ।

छोटो`छोटो घुम्ती रहेको पहिलो टर्निङ का`ट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरै`भीर खस्यो। तीव्र गतिमा रहेको उक्त बस तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपिन निरौलाले हाँकेका थिए। सहचालक संखुवासभा मादी नगरपालिका-५ का उमेश भट्ट`राई थिए। बसका धनी निरौला नै हुन्।

बसका कन्डक्टर २४ वर्षीय सुवास तामाङ थिए। उनी संखुवा`सभा मादी नगरपालिका-४ का हुन्। बसका स्टाफमध्ये तामाङ मात्रै जी`वित छन्। उनको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उप`चार भइरहेको छ।

उनी बोल्न सक्ने अवस्थामा छन्। घट`नास्थलबाट हेलिकप्टरमा उद्धा`र गरी चैनपुर ल्याउँदा उनले घटना`बारे केही बोलेका छन्। संखुवासभाका प्रह`री नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार तामाङले चालकले यत्ति मात्रै भनेको सुने- भाग्।

गाडी यति तीव्र गतिमा थियो कि कोही पनि निस्किनै पाएनन्। तामाङ गाडीले एक बल्ड्याङ मा`रेपछि गाडीबाट निस्केका थिए। ‘पहिलो बल्डयाङ खाँदा म निस्किन सकें, अरू कोही पनि निस्किन भ्याएनन्,’ तामाङको भनाइ उद्धृत गर्दै सुवेदीले सेतो`पाटीसँग भने, ‘गाडीले तीन-चार बल्ड्याङ खायो।’

पहिलो बल्ड्याङ खाँदा गाडीबाट झर्न सकेकाहरू बाँचेको हुनसक्ने अनुमान गरिएको सुवेदीले बताए। बसमा सवार १९ यात्रुमध्ये मादी नगरपालिका-६ का ५० वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीया तुलसा कटवाल, मादी नगरपालिका-४ की २४ वर्षीया करिश्मा तामाङ र कन्डक्टर २४ वर्षीय तामाङ घाइ`ते छन्। उनीहरूको अवस्था सामान्य छ।

गम्भी`र घा`इते अवस्थामा उ`द्धार गरिएकी मादी नगरपालिका-५ की २७ वर्षीया युका पोखरेलको उप`चारका क्रममा प्रतिष्ठानमा मृ`त्यु भएको सुवेदीले बताए।

घट`नास्थल पुगेका सुवेदीले दु`र्घटना हुनुका केही कारण अनुमान गरिएको बताए। पहिलो, बाटो एकदमै भिरालो र घुम्तीका कारण दु`र्घट`ना भएको अनुमान गरिएको छ।

दोस्रो, तीव्र गतिका कारण टर्निङ का`ट्न नसकेर दुर्घ`टना भएको अनुमान गरिएको छ। उक्त गाडी एक महिनादेखि मात्रै सञ्चालनमा आएको थियो। गाडी नयाँ थियो।

‘अ`चानक ब्रेक फेल भएर टर्निङमा ब्रे`क नलागी खसेको पनि हुनसक्छ। यी सबैबारे अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘पिच बाटोमा चालकले तीव्र गतिमा चलाउनु दु`र्घट`नाको मुख्य कारण देखिन्छ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्