बिहिबार , अषोज १३, २०७९

पल शाहलाई अर्को धक्का

फागुण २६, २०७८ बिहिबार 584

काठमाडौँ — तनहुँ प्रहरी हि’रासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट ह’ट्ने भएका छन् । निर्माण युनिटले उनलाई ह’टाएर फिल्म पुरा गर्ने तयारी थालेको हो ।

निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी भएको बताए । पलभित्र भएपछि उनको ठाउँमा हामीले अर्को कलाकार लिएर काम गर्नैपर्छ’ निर्देशक लामाले भने ‘अहिलेसम्म पललाई ह’टाइएको छैन ।अर्को कलाकार फाइनल भएपछि उनी ह’ट्नेछन् ।’

निर्देशक लामाले उनको ठाउँमा अर्को कलाकार फाइनल नभएसम्म ह’टाइयो भनेर भन्न नमिल्ने बताए । ‘हामी फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल गरिरहेका छौ । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह ह’ट्नेछन्’ लामाले थपे ।

पहिलो चरणको को’रोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए ।काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो ।

अहिले फिल्मको छायाङ्कन लोकेसन र केही कलाकार पनि फेरिने बताइएको छ । फिल्मका एक कलाकार जयनन्द लामाको नि’धन भएको छ । दयाहाङ राई, उगेन छोदेन भुटानी अभिनेत्री, वर्षा राउत लगायतको मुख्य भूमिका रहने फिल्ममा निर्देशक लामाकै कथा रहेको छ ।

प्रतिकृया दिनुहोस्