बिहिबार , अषोज १३, २०७९

बिहानै शो’कमा डुब्यो संखुवासभा, एकैदिन यति धेरैको मृ’त्यु , उ’द्धारका लागि हेलिको’प्टर जाँदै.

फागुण २६, २०७८ बिहिबार 376

संखुवासभा बिहानै शो’कमा डुबेको छ ।संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु भएको छ। आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दु’र्घटनामा परेको प्रहरीले बताएको छ।

बसमा करिब २५ जना रहेको अनुमान छ। बस दु’र्घटनामा परेर १४ जनाको मृ’त्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। पाँच जना घा’इतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ। तीन जना ग’म्भीर घा’इते छन्।

उनीहरूलाई हेलिकोप्टर बाट उपचारका लागि लैजाने तयारी छ। गृहमन्त्री बालकृष्ण खाणले घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन्। गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दु’र्घटनामा घा’इते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन्।

‘मन्त्रीन्यूबाट घा’इतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ। हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने। बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ। ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दु’र्घटनामा परेको हो।

प्रतिकृया दिनुहोस्