शनिबार , अषोज १५, २०७९

बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका पुरूषको निधन

फागुण २६, २०७८ बिहिबार 254

बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो।

उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्।

बेनेटको दुई महिनापछि मृत्यु भए पनि उनमा भएको बंगुरको मुटु प्रत्यारोपणलाई वैज्ञानिकहरूले विज्ञानको फड्को मानेका छन्। यो घटनाले मुटु प्रत्यारोपण क्षेत्रलाई एक कदम अगाडि बढाएको उनीहरूको ठम्याइ छ।

मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण हप्तौंदेखि अस्पतालमा थिए। उनको उपचारका लागि चिकित्सकहरूले सबै विधि अपनाएका थिए। बेनेटको स्वास्थ्य यति कमजोर थियो कि उनी मान्छेको मुटु प्रत्यारोपणका लागि अयोग्य ठहरिए।

अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी मानिसहरू विभिन्न अंग प्रत्यारोपणका लागि कुरिरहेका छन्। अर्गान डोनर डट जिओभीका अनुसार मुटु, कलेजो, किड्नीलगायत अंगहरू नपाएर दैनिक १७ जना मानिसले ज्यान गुमाउँछन्।

बेनेटका हकमा भने मान्छेको मुटु प्रत्यारोपण गर्ने विकल्प पनि बाँकी थिएन। तर उनी बाँच्न चाहन्थे। उनको बाँच्ने जिजिविषा देखेरै चिकित्सकहरूले नयाँ विकल्प सुझाए, बेनेटमा बंगुरको मुटु प्रत्यारोपण गर्ने। गत अक्टुबरमा चिकित्सकहरूले ‘ब्रेन डेथ’ भइसकेकी महिलामा बंगुरको किड्नी प्रत्यारोपण गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्