आइतबार , असार १२, २०७९

आज सुनको भाउले तोड्यो अर्को ऐतिहांसिक रेकर्ड, तोलाको कति ?

फागुण २५, २०७८ बुधबार 383

काठमाडौँ । साताको चौँथो दिन अर्थात (बुधबार) सुनको भाउ झन् बढेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज बुधबार २५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै हो। सुनको मूल्य यति उच्च बिन्दूमा पुगेको यो पहिलो पटक हो ।

सोमबार र मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ निर्धारण भएको छ। मंगलबार पनि तेजावी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । मंगलबार १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। पछिल्लो समय मूल्यवान धातु सुनको भाउ अत्यधिक बढेको छ ।

अहिले रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ। दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै गएको हो। सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्