आइतबार , जेठ ८, २०७९

पलले खेल्ने भनिएको फिल्ममा सौगातले खेल्न सक्ने

फागुण २५, २०७८ बुधबार 241

काठमाडौं – नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाह अहिले प्रहरीको हिरासतमा छन् । प्रहरि हिरासतमा रहेपछि उनी खेल्ने भनिएको फिल्म पनि अन्यौलमा छ । दीपेन्द्र लामाले निर्देशन गर्ने भनिएको फिल्म २ नम्बरी मा पलल अभिनय गर्ने भनिएको थियो ।

तर उनी समस्यामा परेपछि फिल्मको छायाँकन अन्योलमा रहेको छ । अब भने पलले अभिनय गर्ने भनिएको यस फिल्ममा अभिनेता सौगात मल्ललाई खेलाउने तयारी गरिएको छ । निर्देशक लामाले फिल्मको लागि अभिनेता मल्ल सँग कुरा पनि गरिसकेको बताइएको छ ।

फिल्मको छायाँकन चैतको पहिलो सातादेखि कास्कीको ल्वाङघलेबाट शुरु गर्ने बताइएको छ । फिल्ममा अभिनेता दयाहाङ राई, वर्षा राउत, भुटानी अभिनेत्री उँगेन छोदनको पनि मूख्य अभिनय रहनेछ ।

प्रतिकृया दिनुहोस्