बिहिबार , भाद्र २, २०७९

‘रिस गर्दै गर्नुस्, म अगाडी बढ्दै जानेछु’ : पूजा शर्मा

फागुण २४, २०७८ मंगलबार 188

पछिल्ला दिनमा नायिका पूजा शर्मा हेडलाइन बनिरहेकी छिन् । फिल्मको सफलता, प्रेमी सार्वजनिक र नायक पल शाह प्रकरणमा दिएका अभिव्यक्तीले पूजाको चर्चा र ट्रोल भैरहेको छ ।

दोश्रो सातामा प्रदर्शनरत फिल्म ‘म यस्तो गीत गाउँछु २’ का दर्शकसँग भेट्न नेपालगञ्ज पुगेकी पूजा त्यहाँको एक मेलामा पनि सहभागी भइन् । नारी दिवसको दिन हल र मेलामा दर्शकको उपस्थिति उल्लेख्य रह्यो । पूजा शर्मा, सुदर्शन थापा र शोभित बस्नेतको समुहले दर्शकसँग साक्षात्कार गर्दै फिल्म सफलताको खुसी बाँड्यो ।

यता पूजाले भने मेलामा सहभागी भएको एउटा भिडियो सेयर गर्दै आफ्ना आलोचकलाई जवाफ समेत फर्काइन् । ‘रिस गर्दै गर्नुस् । म अगाडी बढ्दै जानेछु’, स्टेजमा नाचेको भिडियोमा पूजाले क्याप्सन लेखेकी छिन् ।

प्रतिकृया दिनुहोस्