शनिबार , साउन २८, २०७९

थप अनुशन्धानको लागि भन्दै तनहुँबाट नवलपुरको गैँडाकोट लगियो पल शाहलाई

फागुण २४, २०७८ मंगलबार 203

काठमाडौं २४ फागुन । नाबालिक गायिका माथि जबरजस्ती करणी गरेको अभियोगमा तनँहु जिल्ला प्रहरीमा हिरातमा रहेका अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैँडाकोट लगिएको छ।

पीडित गायिकाले आफुलाई शाहले वलपुरस्थित गैंडाकोट रिर्सोटमा जवरजस्ती करणी गरेको भन्दै उजुरी हालेकी थिइन् । त्यसको थप अनुशन्धान गर्न शाहलाई नवलपुरको गैँडाकोट लगिएको हो ।

नवलपुरमा लगेपछि शाहलाई सरकारी वकिलसमक्ष राखेर बयान लिन लागिएको बताइएको छ । आफु विरुद्ध जाहेरी परेपछि पाचँ दिन पछि तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेका शाहलाई दोस्रो पटह अनुशन्धानको लागि भन्दै १२ दिन म्याद थप गरिएको छ ।

पिडित नाबालिक गायिकामाथि पहिलो घटना गैंडाकोटमा भएको पीडितका आफन्तले जाहेरी भनेका थिए ।

प्रतिकृया दिनुहोस्