आइतबार , जेठ ८, २०७९

रेखा थापालाई गालीगलौज गर्ने शर्मिला वाइबा प्रकाउ

फागुण २३, २०७८ सोमबार 569

२३ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ । गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।

उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो । थापाको तर्फबाट उनकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् । पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ । अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।

प्रतिकृया दिनुहोस्