बिहिबार , भाद्र २, २०७९

घरधनी थापा दम्पत्तिले पल र बालिका राति एउटै कोठामा बसेको बयान

फागुण २३, २०७८ सोमबार 598

काठमाडौं ।

बालिका क,’रणीको अ’भियोगमा हि’रासतमा रहेको पल शाहमाथि अनुसन्धान चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहसँग बयान लिएपछि घटनासँग सम्बन्धित व्यक्तिहरुसँग ब’यानलाई गति दिएको छ ।

ब,’लात्कार भएको भनिएको तनहुँको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदीप थापाको घर अनुसन्धानको दा’यरामा परेको छ । थापा र उनकी पत्नीसँग प्रहरीले बयान लिइसकेको छ । प्रहरीका अनुसार थापा दम्पत्तिले पल शाह र पी’डित भनिएकी बालिका राति एउटै कोठामा बसेको बयान दिएका छन् ।

१४ वैशाख २०७८ को राति पल र बालिका एउटै कोठामा बसेको र अर्का व्यक्ति कमल खत्री छुट्टै कोठामा बसेको बयान दिएको बुझिएको छ । प्रहरीलाई दिइएको जा’हेरीमा उक्त दिन र,’क्सी से’वन गरी राति ११ बजे कोठा खोल्न लगाई ज,’र्बजस्ती क,’रणी गरेको उल्लेख छ ।

पल शाहले भने ज,’र्बजस्ती क,’रणी अस्वीकार गरेका छन् । घटनासँग सम्बन्धित भनिएका गायक दुर्गेश थापालगायतसँग पनि प्रहरीले बयान लिइसकेको छ ।यसैगरी, पल शाहमाथि परेको अर्को उजूरीबारे नवलपरासीमा अनुसन्धान बढेको छ ।

नाबालिक किशोरीमाथि कर णीको उजुरीमा प्रहरी हिरासतमा रहेका पल शाहले उजुरीको भोलिपल्ट आफूलाई फ’साउन खोजिएको भन्दै आफू निकट केही व्यक्तिहरुको नाम सार्वजनिक गरेका थिए।

सार्वजनिक भएका ४ नाममध्ये एउटा थियो, ‘सरोज ओली’ । गज्जबको टिभी युट्युब च्यानलमार्फत भिडियो तथा गीत सार्वजनिक गर्ने यी गायक तथा निर्देशकले आफू विरुद्ध लगाइएको आरोपको बारेमा फेसबुकमा लामो पाेस्ट राखेर व्याख्या गरेका छन्।

उनले नाबालिग किशोरीलाई माया गरेजस्तो गरी स्वार्थ पूरा गरेर बेवास्ता गर्दा किशोरी मा’न’सि’क रुपमा विक्षिप्त हुँदै गएको र आफू पलसँग नजिक भएकै कारण समस्या समाधान गरिदिन अनुरोध गरेकोले यो विषयमा परेको बताएका छन्।

उनले लेखेका छन्, ‘बालिकालाई गाली बे’इज्ज’ती गरेर ह्या’रा’समे’न्ट गर्ने कामहरु भए। सहन सकुञ्जेल उनले सहित नसकेपछि मात्रै नजिकका व्यक्तिहरुसँग आफ्नो गुम्फन पोखिन्।’ उनले अगाडि लेखेका छन्, ‘उदाउँदो भविष्य अन्धकार देख्न थालेकी उनले झिनो आशा बोरेर म लगायत आफ्नो नजिक मानेका व्यक्तिहरुसँग आफ्नो पी’डा सुनाइन्। सहयोगको अपेक्षा गरिन्।’

ओलीले पलले यो कुरा गम्भीरतापूर्वक नलिएको र आफूलाई नै दुश्मन ठानेको ओलीले बताएका छन्। पलसँग सम्बन्ध जोगाउन उनले किशोरीमाथि भएको अन्यायलाई तिलाञ्जली दिन नसकेको ओलीले बताएका छन्।

ओलीले जाहेरीपछि पलको समर्थनमा आएका सबै क्रियाकलाप योजनाब’द्ध रहेको बताएका छन्। उनले अन्त्यमा प्रहरीले छानविन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलिएको बताउँदै आफू पीडितको पक्षमा रहेको बताएका छन्। उनले प्रहरीले छानबिन गर्ने र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउने बताएका छन्।

यस्तो छ उनको पूरा स्ट्याटस,

नाबालिग बालिकालाई ललाई फकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पुरा गर्ने काम गरिएको रहेछ । स्वार्थ पुरा भएपछि बेवास्ता गर्न थालियो । निकटको सम्बन्ध विकट बन्यो । बालिका एकोहोरो भइन् । नजिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन् ।

माया प्रेमको खोल ओढेर आफुमाथि शो’षण भएको स्पष्ट रुपमा महसुस गर्न थालिन् । दिनदिनै उनको मा’नसिक अवस्था कमजोर हुँदै गयो । बालिकाले धेरै पटक मुद्दा हाल्न गकि पनि हुन। तर जहिले मुद्दा हाल्न जाँदा बिभिन्न बहाना बनाएर फेरि केश रोक्न लगाइन्थो । साथै फेसबुकमा एउटा कुरा बालिकाले पिं’डामा लेखेर हालिन भने अर्को दिन त्यस्लाई सफाइ दिन लगाइन्थो ।

१/२ महिना मिले जस्तो गर्ने फेरि बालिकालाइ वास्ता नगर्ने अनि बालिका रुदै हिड्ने जब आफुले दाइ मानेको आफ्नो म्यानेजरसंग आफ्ना कुरा बालिकाले गरे पछि पल संग मिलेर फकाउन खोजिन्थ्यो । पछि पछि बालिकाले बिभिन्न बाहानाहरु बनाउन खोजेर गालि गर्ने बालिकालाइ युटुबमा हालेर तेरो बेज्जत गर्दिने जस्ता कुराहरु गर्ने र बालिकालाइ गा’लि बे’ज्ज’त गरेर ह’या’रेस’मे’न्ट गर्ने जस्ता कार्यहरु गर्ने गरियो ।

सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरुसँग गुम्सिएको मनका व्यथा सुनाईन् । सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कयौँ गुणा गाह्रो छ टुटेको सम्बन्ध र समस्याबारे कुरा गर्न। कलिलो दिमागलाई शायद बिग्रंदो सम्बन्धले झन्झन् कमजोर बनायो। त्यसैले उनी लगभग डि’प्रेश’नमा पुगिन् ।

उदाउँदो भविष्य अन्धकार देख्न थालिन्। त्यो अन्धकार भित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरुसँग आफ्नो पिंडा सुनाईन् । सहयोगको अपेक्षा गरिन् । शायद अभिभावक सोचेर होला किनकी म पल शाह जसले पिंडा दियो, उसँग पनि उत्तिकै निकट थिएँ । तर पलले यो विषयलाई गम्भीरतापूर्वक लिएनन्। नाबालिकाको पिंडा अलिकति पनि महसुस गर्न सकेनन् गरेनन् ।

यहि क्रममा मैले बालिकाले आफ्नै ज्या’न लिने जस्तो कुनै गलत कदम नलिओस् भनेर उसलाई सहयोग गर्ने सोच बनाएँ । जसले हामीबीचको राम्रो सम्बन्धमा झन् झन् दरार आउन थाल्यो । मैले पिडित बालिकालाई छोरी सम्झी सहयोग गर्ने अठोट गरेँ। हामीले गरेको विभिन्न चरणको छलफलमा बालिकाले आफ्नो पिंडा पनि सुनाएकी थिइन् । त्यो क्रममा हामीले उनलाई सम्झाउन बोलेका कुराहरु हटाईएका छन् । अरु नै कसैसँग भएको रकम लेनदेनको कुरा समेत मिसाएर भ्रम पैदा गर्न खोजिएको छ जुन अडियोमा मेरो भोकलनै छैन।

भेटघाट एक पटक होईन पटक पटक भएको थियो, कुनै षडयन्त्र गर्न होईन उनीहरु बीच भएका समस्याको समाधान खोज्न । पिडित नाबालिकाको आरोप गम्भीर रहेकाले त्यो बारे बुझ्न खोज्दा हामीलाई नै उनले दुश्मन ठाने । पलसँगको सम्बन्ध जोगाउन हामीले एउटा छोरी समानकी बालिकामाथि भएको अन्यायलाई तिलाञ्जली दिन सकेनौं ।

उनलाई न्यायका लागि ल’ड्न आँट र भरोसा दियौं । यसलाई उनले आफु विरुद्धको जालझेल सम्झे र प्रहरीमा उ विरुद्ध जाहेरी परेपछि उक्त अडियोलाई पब्लिक सेन्टिमेन्ट जित्ने अस्त्र बनाईयो । जसले त्यी नाबालिकालाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरुको पत्तासाफ गर्ने आशय राखियो।

आफु विरुद्ध रहेका म्यानेजर कृष्ण जोशीलाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरुद्धमा बोल्न लगाइयो । ज्या’न समेत लिने योजना बनाएको कपोलकल्पीत कथा बुनेर मिडियामा उसलाई सार्वजनिक गराईयो । यस्ता विभिन्न हतकन्डा अपनाएर प्रहरीले छानबिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलियो।

पिडितको पक्षमा रहेका हामीलाई फ’साई आफू उम्कन अनेक योजना बुनियो । हामी न्यायको पक्षमा छौं । जसको छानबिन प्रहरीले गर्नेछ र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ ।

प्रतिकृया दिनुहोस्