बुधबार , अषोज १२, २०७९

हेलिकोप्टरमार्फत आगो निभाउने प्रयास जारी , आगो झनै फैलिदै

फागुण २२, २०७८ आइतबार 393

दमौलीः

व्यास २ स्थित भूपाल हार्डवेयरको गोदाममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।बिहान करिब १० बजेतिर लागेको आगो निभाउन दमकलले पानी फा’लिरहे पनि नियन्त्रणमा आउन सकेको छैन । आगो झनै फैलने क्रममा रहेको देखिएको छ ।

आगो फैलने क्रम चलिरहेकाले अरु थप बस्ती समेत जोखिममा परेको छ ।मन्त्री कृष्णकुमार श्रेष्ठले गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर लिएर घटनास्थल पुगेको उनका स्वकीय सचिव जगत खड्काले बताए । दमौली मुख्य चोकमै आ’गलागी हुँदा मानिस जम्मा भएकाले आगो नियन्त्रणमा समेत क’ठिनाइ भएको छ ।

त्यस्तै बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आ’गो लागेको छ । काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आ’गो लागेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले बताए ।पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट टहरोको आधा भाग ज’लेको छ ।

यो पनि –अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ।

यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् ।सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता बुझ्दैनन् भनेर प्रश्न गरेकी छन् ।​ सोनाक्षी सिन्हाले फोटोमा

प्रतिकृया दिनुहोस्