बिहिबार , जेठ ५, २०७९

जनतालाई सेवा दिने ट्राफिक प्रहरीको ट्याक्टरले किचेर मृ’त्यु

फागुण २२, २०७८ आइतबार 234

चितवन । ट्याक्टरको ठक्करबाट गएराति एक जना ट्राफिक प्रहरीका सईको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं ६ स्थित जयनेपाल चोकमा ना ४ त ८८२९ नम्बरको ट्याक्टरले सइ अर्जुन पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।राति करिब ९ बजेतिर चोक हुँदै बजारतर्फ गइरहेको उक्त ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकलमा सवार सई पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए । उनको स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं १४ राधापुर रहेको खुलेको छ ।ठक्कर दिने ट्याक्टर र सोका चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइएको छ ।

स्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए । “सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गरेका थिए”, तिवारीले भने, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम ग¥यो ।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए ।

आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८÷७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताए । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आ’क्र’म’ण’बाट म’ ‘रेका हुन् भने दुई गैँडा चोरी शि’का’रीका कारण म’रेका तिवारीको भनाइ छ ।
-बुटवल टुडे बाट

प्रतिकृया दिनुहोस्