शनिबार , साउन २८, २०७९

पल शाह प्रकरण : पिडित गायिकाको नागरितामा यस्तो रहेछ जन्ममिति

फागुण २१, २०७८ शनिबार 1160

काठमाडौं :
किशोरीमाथि कर णी गरेको भन्दै पल शाहविरुद्ध अहिले तनहुँ जिल्ला प्रहरी कार्यालय र नवलपुरमा समेत दुईवटा जाहेरी दर्ता भएका छन् । तनहुँ प्रहरीले पललाई पक्राउ गरिसकेको छ । यो प्रकरणले अहिले सामाजिक सञ्जाल तरंगित बनिरहेको छ । यस घटनाका बारेमा अनेकन गशिपहरु बनिरहेका छन् ।

नामै ज’ब’र्ज’स्ती कर णी अर्थात् ब’ला’त्का’र। यसलाई सोझो र सामान्य ढंगले बुझ्दा कसैसँग ज’र्ब’ज’स्ती, ब’लज’फ्ती यौ’ ‘न स’म्प’र्क गर्नु नै ब’ला’त्का’र हो भन्ने लाग्छ। अर्थात् सहमतिमा गरिने सबै यौ’ ‘न स’म्पर्क ब’ला’त्का’र होइन भन्ने आम बुझाइ छ।

जब अभिनेता पल शाह ब’ला’त्का’र अभियोगमा पक्राउ परे, तब ब’ला’त्का’रबा’रे कानुनमा जे लेखिएको छ, त्यसले धेरैलाई अचम्म लागेको हुनुपर्छ। यसैकारण पल समर्थकहरू उनले ब’ला’त्का’ र गरेको मान्न तयार छैनन् र उनी निर्दाेष साबित हुने जिकिर गरिरहेका छन्।

पी’डित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झे’ल्दै आएकी छन्। उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन। अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नाराबाजी प्रहरीले मौन भएर सुनेर बसेको छ। सामाजिक सञ्जालमा पीडितलाई थप लाञ्छित गर्ने अभिव्यक्तिहरूमाथि पनि प्रहरीले कुनै कारबाही गरेको छैन।

ती नाबालिग गायिकाले पल शाहद्वारा आफूमाथि प’टकप’टक कर णी भएको भन्दै करिब एक महिनाअघि नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिएकी थिइन्। तर घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी लिन मानेन। तनहुँमै उजुरी गर्न जानू भन्ने सल्लाह दिएर उनलाई फर्काइयो।

यस्तो ज’घन्य अ’परा’धमा पी’डि’तले जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन्। कास्की प्रहरीले त्यही बेला उजुरी दर्ता गरेर आवश्यक कारबाही बढाएको भए पल शाह एक महिनाअघि नै पक्राउ पर्ने थिए। उसको गैरजिम्मेवारीका कारण पीडित नाबालिग गायिका एक महिनासम्म प्रहरीकहाँ जान सकिनन्। यस अवधिमा कर णी मुछिएका पीडकले उल्टै पी’डितलाई मा’न’सि’क पी’डा हुने अभिव्यक्त दिइरहे।

कास्की प्रहरीको निस्क्रियताको फाइदा उठाउँदै पल शाहले यो एक महिनाबीच विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘१७ वर्षकी नाबालिगसँग यौ’ ‘न स’म्प’र्क भएको’ र ‘गर्भवती नभएकाले विवाहका लागि स्वीकार गर्न आवश्यक नभएको’ सम्म भन्न भ्याए। प्रेममा यस्तो हुनु सामान्य भएको पनि उनले तर्क दिए।

पल शाहको यो तर्कलाई पछिल्लो समय उनका समर्थकहरूले पनि बोकेर हिँडेका छन्। उनको पक्षमा नारा लगाउने र सामाजिक सञ्जालमा लेख्नेहरूले यस्तै भनाइ अघि सारेका छन्।

पलविरुद्ध उजुरी गरेकी पीडित किशोरी नाबालिग नै हुन्? अर्थात् उनको उमेर १८ वर्ष मुनि नै हो भन्नेमा पल पक्षधर एउटा समूहले सोसल मिडियामा अनेक आशंका प्रकट गरिरहेको छ। तनहुँ प्रहरीले अनुसन्धानका क्रममा पीडित किशोरीको उमेर पहिल्याउँदा उनी नाबालिग भएको प्रष्ट देखिएको छ।

प्रहरीकहाँ आइपुगेको पीडितको जन्मदर्ता अनुसार उनको जन्म मिति २०६२ साउन ३ गते रहेको छ । यसरी हेर्दा गत ०७८ साउनमा उनको उमेर १६ वर्ष पूरा पुगेर १७ मा टेकेको देखिन्छ।

स्टेज कार्यक्रमका लागि विदेशसमेत पुगेकी पीडित गायिकाको पासपोर्टमा समेत कतिपयले प्रश्न उठाइरहेका छन्। तर, प्रहरीले प्राप्त गरेको पासपोर्टअनुसार पनि उनको उमेर नाबालिग नै देखिएको छ अर्थात्, सन् २००५ जुलाइ १८।
सामाजिक सञ्जालमा कतिपयले त छोरीलाई सार्वजनिक मञ्च वा अन्यत्र एक्लै गीत गाउँदै नाच्दै हिँड्न दिन नहुने तर्क पनि गरेका छन्।

नाबालिग गायिकाको नाम र तस्बिर प्रयोग गरेर सामाजिक सञ्जाल, युट्युब लगायतमा पीडितको आलोचना गर्ने क्रम जारी छ। यसरी पीडितलाई झनै पी डा दिने गरी भइरहेका गतिविधि र पी’डकका पक्षमा आइरहेका अभिव्यक्ति रोक्न प्रहरी अग्रसर हुनुपर्ने देखिएको छ।

गायिकालाई एक्लै गीत गाउँदै, नाच्दै हिँड्न दिनु परिवारको गल्ती हो भन्नुको अर्थ अभियुक्तलाई सिधै चो’ख्याउन खोज्नु हो, अ’प’रा’ध पीडित संरक्षण ऐनविरूद्धको कार्य हो,’ ‘सरकारले पीडितलाई न्याय दिन चाहन्छ भने त्यस्ता अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।’

पलका लागी दुखद खबर,समीक्षाको मेडिकल रिपोर्ट यस्तो आएपछि पल शाह तनाबमा

प्रतिकृया दिनुहोस्