सोमबार , अषोज १७, २०७९

आईतबार सार्वजनिक बिदा !

फागुण २१, २०७८ शनिबार 5292

काठमाडौं : महोत्तरीस्थित मटिहानी नगरपालिकाले मिथिला माध्यमिक परिक्रमाको अवसरमा आईतबार सार्वजनिक बिदा दिएको छ। मिथिलाको १५ दिवसीय परिक्रमाले आईतबार मटिहानीमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक विदा दिइएको हो। विदाका दिन विद्यालय र सार्वजनिक संघसंस्था नखुल्ने मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।

हिन्दुहरुको ऐतिहासिक, पौराणिक र धार्मिक पदयात्रामा खालि खुट्टा नेपाल र भारतको १ सय ३३ किलोमिटर तय गरिन्छ। १५ स्थानमा विश्राम लिने माध्यमिक परिक्रमाको एक विश्रामस्थल मटिहानी पर्छ।

यो पनि हेर्नुहोस्
आज राष्ट्रिय सभाका १९ सांसदको सपथ

राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ जना सांसदको शपथ ग्रहण आज (शनिबार) हुँदैछ। बिहान ११ बजे संघीय संसद् सचिवालयमा १९ जना सांसदको शपथ ग्रहण कार्यक्रम राखिएको संसद् सचिवालयले जनाएको छ।

शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

गएको माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाका १९ सांसद निर्वाचित भएका थिए। यसरी निर्वाचित हुनेमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र छन्।

त्यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् भने एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन्।

त्यसैगरी एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आएका छन्। निर्वाचनमा एमाले एक्लै र सत्तारुढ गठबन्धन तालमेल गरेर लडेका थिए। चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन्। उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ।

प्रतिकृया दिनुहोस्