आइतबार , असार १२, २०७९

पल शाह प्रकरण : नम्रताको चिन्ता, ‘उनी कुन हालतमा होलिन् ?’

फागुण २०, २०७८ शुक्रबार 196

काठाडौँ । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ ।

तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले सो प्रकरणमा अनुसन्धान जारी राखेका बेला त्यसलाई प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।

यसैबिच सैयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका युट्युबर र कथित अधिकारकर्मीहरुले अनुसनधानलाई प्रभावित पार्ने काम गरिरहेका बेला पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु विस्तारै खुल्न थालेका छन् ।

अभिनेत्री रेखा, ऋर्चा, प्रियंका कार्कीलगायत थुप्रै अभिनेत्रीले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । यस्तैमा यस बिषयमा अभिनेत्री तथा मोडल नम्रता सापकोटाले पनि मुख खोलेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै प्र करणमा पी डित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता ब्यक्त गरेकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन् :
‘के उनी ठिक छिन् ? उनी कुन हालतमा होलिन् । उनको परिवारलाई के बितिरहेको होला ?’

उनको पीडितको सुरक्षा समाज र समाजमा रहेको सबैको भएको समेत बताएकी छिन् । उनले यस बिषयमा प्रश्न गरेकी छन् ‘उनको सुरक्षा यो समाज र समाजमा बस्ने नागरिकको हैन र ? ।

प्रतिकृया दिनुहोस्