शनिबार , साउन २८, २०७९

बेलायतमा नेपालीका २ सुन पसलमा सटर फु’टा’एर लाखौंको लुटपाट

मंग्सिर २५, २०७८ शनिबार 434

लण्डन । अल्डरसटमा नेपाली व्यवसायीहरुले सञ्चालन गरेका सुनका गहना पसलमा भएको चो’री भ’ए’को छ । शुक्रबार बिहान ती पसलहरुबाट ठूलो परिमाणमा सुनचाँदीका गहनाहरु चो’री भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार बिहान करिब ३ः२० मा स्टेसन रोडमा रहेको अनुग्रह ज्वेलर्स र भिक्टोरिया रोडमा रहेको न्यू लक्ष्मी ज्वेलर्समा ड’कै’ती भ’ए’को हो ।

दुवै घटनामा प्रयोग भएको सिल्भर रङको ल्याण्डरोभर डिस्कभरी भिक्टोरिया रोडमा छाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ । त्यस्तै चोरी गर्दा गा’डीले हा’ने’र स’ट’र फुटाइएको पाइएको छ । घटनाबारे जानकारी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

एक अपिल जारी गर्दै प्रहरीले चोरीको बारेमा थाहा भएमा सर्वसाधारणलाई सूचना दिन आग्रह गरेको छ । सर्वसाधारणहरुले दिएको सूचनाको आधारमा चोरीमा संलग्न हुने मानिसहरुलाई पक्राउ गर्न र पीडितलाई क्षतिपूर्ति दिन सजिलो हुने भन्दै प्रहरीले यस्तो आग्रह गरेको हो ।

प्रहरीले चोरीमा संलग्नहरुलाई पक्राउ गर्न अनुसन्धान अघि बढाएको छ । प्रहरीले आफूहरुले भेटेका सिसिटिभी फुटेज, डोरबेल, ड्यासक्यामहरुबारे प्रहरीलाई जानकारी दिन भनेको हो ।

प्रतिकृया दिनुहोस्