शनिबार , साउन २८, २०७९

पल शाह प्र करणमा: नायिका प्रियंका कार्किले पनी मुख खोलिन् सामाजिक सञ्जाल मा यस्तो लेखीन – हेर्नुहोस् ।

फागुण १९, २०७८ बिहिबार 317

काठाडौँ । नायिका प्रियंका कार्की ले पनि पल प्रकरणमा आफ्नो धारणा राखेकी छिन् । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ ।

तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले सो प्रकरणमा अनुसन्धान जारी राखेका बेला त्यसलाई प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।

यसैबिच सैयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका युट्युबर र कथित अधिकारकर्मीहरुले अनुसनधानलाई प्रभावित पार्ने काम गरिरहेका बेला नायिका प्रियंका कार्की ले आफ्नो सामाजिक संञ्जालमा आफ्नो टिप्पणी राखेकि छन । पढ्नुहोस् प्रियंका कार्किको सामाजिक संजालमा राखेको आफ्नो बयान जस्ताको त्यस्तै:

दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदब न्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘नि र्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। ना बालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको सं रक्षण सभ्य समाजको उत्तरदा यित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।

बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।

प्रतिकृया दिनुहोस्