बिहिबार , जेठ ५, २०७९

पल शाह प्रकरणमा : रियासा दाहालले लेखिन् यस्तो …L

फागुण १९, २०७८ बिहिबार 1707

पछिल्लो समय सामाजिक सञ्जाल लगायत जताततै अभिनेता पल शाह र नाबालिक गायिकाको व्यापक चर्चा चलिरहेको छ । अभिनेता शाह अहिले तनहुँ प्रहरीको हिरासतमा रहेको छ ।

यसै प्रकरणको बिषयलाई लिएर सञ्जालमा कलाकारहरुले आफ्नो अभिव्यक्ति राखिरहेका छन् । यसै बिच कलाकार तथा मोडेल रियासा दाहालले पनि आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै पीडितलाई हौसला दिनु पर्नेे मा जोड दिएकी छिन् ।

अहिले भइ राखेको घटनामा कानुनी प्रक्रियामा पुगिसकेको सर्बबिदितै छ , कानुनी रुपमा पुगे पछि हामी सामाजिक संजालमा न्यायाधीश भएर एक अर्कालाई आरोप प्रत्यारोप भन्दापनि पीडित पक्षलाई अझै मजबुत हुनु को साथै जस्तो सुकै परिस्थिति पनि सामना गर्न हौसला दिनु जरुरी छ ।

त्यस्तै गायिका एलिना चौहानले पनि पल प्रकरणमा आफ्नो धारणा राखेकी छिन् । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ ।

तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले सो प्रकरणमा अनुसन्धान जारी राखेका बेला त्यसलाई प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।

यसैबिच सैयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका युट्युबर र कथित अधिकारकर्मीहरुले अनुसनधानलाई प्रभावित पार्ने काम गरिरहेका बेला गायिका चौहानले पल र पिडित भनिएकी ति गायिकालाई छुट्टा छुट्टै सम्बोधन गर्दै यसो भन्छिन् । पढ्नुहोस् एलिनाले सामाजिक संजालमा राखेको आफ्नो बयान जस्ताको त्यस्तै

केहि दिनदेखि सामाजिक संजालमा चलि रहेको विषयमा मलाई केहि भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो बिचार व्यक्त गर्नु होला ।

बहिनी समिक्षालाई
प्रिय समिक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाईला अघि बढाएका थियौ । अझ साहानुभुनती त तिमीले भनेझै तिमी नाबालिका भएर पाएकि छौ । तिमीसंगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र म बिच धेरै नजिककाे सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनि रहेका कुराहरु कहिल्यौ सुनाएकि थिएनौ । हुन त आज तिमीले लगाएको पल दाजु प्रतिको आरोप के हो, त्यसको वास्तबिक्ता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनु । बाहिरको अफवाह झुठो भई तिमीले भनेझै सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कैपनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सहि कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केहि अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो बिपक्षामापनि उभिएका छन् । तिमी नाबालिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छुईन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकि थियौ तर कानुनले प्रमाणमा विस्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकि छौ होला । नाबालिका प्रमाणीत भएको खंडमा कानुनले त्यस्कै अनुरुप तिमीलाई न्याय दिनेछ । तिमी अन्यायमा परेकि हौ भने सबैले तिमीलाई मदत गर्नेछन् । मपनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।

प्रतिकृया दिनुहोस्