आइतबार , जेठ ८, २०७९

कलाकारको ‘भ्यालु’ नबुझेर देश पछि पर्यो : अभिनेत्री पूजा शर्मा

फागुण १९, २०७८ बिहिबार 175

काठमाडौं ।

अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् ।

नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बता एकी हुन् । दोषी नठहरी कलाकारलाई ह’तकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्- ‘कलाकारको भ्यालु किन बुझेनौं है।

जब पललाई लग्यो नि, उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हाे । उ दोषी ठहरिएपछि त हतकडी लगाउ जे गर । यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’

कलाकारको सम्मान नगरे कै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्- ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो ।

त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’ १७ वर्षीया गायीकाले पलले यौ,न दु’र्व्य वहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरा’सतमा छन् । प्रहरी हिरा’सतमा भएका पलको बचाउमा केही चलचित्र कर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्  ।

प्रहरी कार्यालय अगाडि नै भीड जम्मा गर्ने, यु’ट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र ह,त्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्