शनिबार , अषोज १५, २०७९

अमेरिकाले देश छोडेर भाग्न भनेपछि युक्रेन राष्ट्रपति: अन्तिम सास रहेसम्म देशका लागि लडिरहन्छु

फागुण १९, २०७८ बिहिबार 251

काठमाडौं ।

अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई देश छोडेर भाग्न सल्लाह दिएको छ ।

जेलेन्स्कीले आफूलाई युक्रेनबाट निष्कासन गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका छन् । यो जानकारी उनी आफैंले एक भिडियो सन्देश जारी गरेर दिएका हुन् ।

एसोसिएटेड प्रेस समाचार एजेन्सीले एक वरिष्ठ गुप्तचर अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाई यहाँ छ । मलाई हतियार चाहिन्छ, सवारी होइन ।’

अमेरिकी अखबार वाशिंगटन पोस्टले अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार राष्ट्रपति जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ ।

रुसको आक्रमणप्रति राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियाको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । आफ्नो सम्बोधनमा उनले रुससँग अन्मित क्षणसम्म लड्ने प्रण लिएका छन् ।

उनले भने, ‘जब तपाईं (रुस) हामीमाथि आक्रमण गर्नुहुन्छ, हामी तपाईंको सामना गर्नेछौं, पिठ्यु फर्काएर भाग्ने छैनोँ ।’ शुक्रबार राजधानीमा जेलेन्स्की आफ्ना सहयोगीहरूसँग एक भिडियोमा देखिएका थिए ।

उनले युक्रेन छाडिएको खबरलाई खारेज गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले भने, ‘हामी सबै यहाँ छौं र यसरी नै रहनेछौँ ।’ यो बीचमा राजधानी कीभमा लडाँई जारी रहेको छ । आज एक भिडियो जारी गर्दै जेलेन्स्कीले ‘नक्कली कुरामा विश्वास नगर्नुहोस्’ भनेका छन् ।

प्रतिकृया दिनुहोस्