आइतबार , असार १२, २०७९

पल शाह प्रकरणमा एक पछि अर्की नायिका बोल्दै, बोलिन नायिका सञ्चिता लुइँटेल पनि

फागुण १८, २०७८ बुधबार 476

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् ।

प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् । यसैबिच नायिका सञ्चिता लुइँटेलले पनि आफ्नो धारण सामाजिक संजालमा सार्वजनिक गरेकी छन् , उनले भनेकी छन् -पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु । जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्र ह त्या गर्ने किसिमका पोस्टहरु कृपया बन्द गरौं ।

खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं । यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु । दोषी र निर्दोष छुट्याउने काम कानून र अदालतको हो । त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ ।

प्रतिकृया दिनुहोस्