आइतबार , जेठ ८, २०७९

बालिकासँग यौनसम्बन्ध स्थापित गर्नु अपराध – पूर्व मिस नेपाल श्रृंखला

फागुण १८, २०७८ बुधबार 237

काठमाडौं। बलात्कारको आरोपमा चर्चित नायक तथा मोडल पल शाह प्रहरीको हिरासतमा रहेका छन्।

नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए।

अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा लगायतले नाबालिगको पक्षमा खुलेर बोलेका छन्।

यसबीचमा आज पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि मुख नाबालिगको पक्षमा धारणा राखेकी छिन्। इन्स्टाग्राम स्टोरीमा उनले ‘एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित’ भएको बताएकी छिन्।

उनले भनेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन्।’

मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ।

यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन्।

प्रतिकृया दिनुहोस्